प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

डेटूडे खबर डेस्क
२८ असोज २०७८
जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन्।
किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका छन्।