मधेशको सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसका जंगीलालको उम्मेदवारी दर्ता
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              ३० पौष २०७९  
  
                        
                            जनकपुरधाम । मधेश प्रदेशको सभामुखका लागि दुई प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराएका छ्न्।
सभामुखका लागि एमालेका सांसद रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन्।
सत्ता गठबन्धन बाट उम्मेदवारी दिएका एमालेका उम्मेदवार मण्डल धनुषा १(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् भने राय  सर्लाही २ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
मण्डलको प्रस्तावकमा माओवादी केन्द्रका संसदीय दलको नेता भरतप्रसाद साह, जनमतको संसदीय दलको नेता महेश यादव लोसपाकी रानीशर्मा तिवारी लगायतका रहेका छन्।
त्यस्तै,कांग्रेसका उम्मेदवार रायको प्रस्तावकमा कुमरकान्त झा र जिवछी देवी यादव रहेका छन्। सभामुख पदका लागि माघ २ गते निर्वाचन हुनेछन् भने उपसभामुखको ३ गते हुने भएको जनाइएको छ ।
                        
                     
                    
                  
                            