मधेशका सभामुखमा मण्डल निर्वाचित

  डेटूडे खबर डेस्क
  ०३ माघ २०७९

                            

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन ।

मधेश प्रदेशसभाको मंगलवार बसेको दोस्रो कार्यकालको दोस्रो बैठकबाट मण्डल सभामुखमा निर्वाचित भएका छन ।

मण्डलको पक्षमा ७४ मत परेको छ भने सभामुख पदकै अर्का उम्मेदवार कांग्रेसका जंगीलाल रायको पक्षमा २९ मत परेको छ ।

प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ नियमको उपनियम पाँच बमोजिम माननिय भरत प्रसाद साहले प्रस्तुत गरेको प्रदेश सभा सदस्य रामचन्द्र मण्डललाई सभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव मंगलवारको बैठकको प्रारम्भमा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट