जनकपुरीयन लेडीजग्रुपद्वारा राहत वितरण

  डेटूडे खबर डेस्क
  ०८ माघ २०७९

                            

जनकपुरधाम । जनकपुरीयन लेडीजग्रुपद्वारा सुकुम्बासीहरुलाई राहत वितरण गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ स्थित भुतही पोखरीको उत्तरी डिलमा अवस्थित २५ विपन्न सुकुम्बासी घर परिवारलाई शनिबार ५ किलो चामल २ थान कम्बल २५० ग्राम सोयाबिन १ किलो दाल १ किलो आलु २५० ग्राम दालमोड कपडाको साबुन तथा नुहाउने साबुन २-२ पिस ५०० ग्राम मुरही १ किलो च्युरा १ किलो सुन्तला प्रति घर परिवारका दरले राहत वितरण गरेको छ ।

सुकुम्बासी बस्तीमै रहेका १ जना दृष्टीविहिन महिलाको आखाको उपचार गर्ने जिम्मा समेत जनकपुरीयन लेडीजग्रुपले लिएको रिङ्कु मिश्र गायत्रीले जानकारी दिएकी छिन् ।

जनकपुरीयन लेडीजग्रुपमा विभिन्न क्षेत्रमा आवद्ध रहेको महिलाहरुको फेसबुक म्यासेन्जर ग्रुप हो । जनकपुरीयन लेडीज ग्रुपले गत वर्ष जनकपुरधाम वडा नं.७ मा कुष्टरोग प्रभावितहरुलाई चिसो महिनामा न्यानो कपडा खाधान्न सामग्रीको वितरणका साथै स्वास्थ्य शिविरको आयोजना गरी सर्भाइकल क्यान्सरको चेकजाँच गरेको थियो ।

कार्यक्रममा जनकपुरीयन लेडिज ग्रुपमा आवद्ध रिङ्कु गायत्री मिश्र, अनिता विश्वास, ज्योति झा, ललिता लाभ, माला राय, रुपा कर्ण, दिपीका कार्की, आरती मण्डल, सीमा चौधरी, वरुणा कर्ण, निभा झा लगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।

 janakpur2 

janakpur5

janakpur1

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट