संसद भवन अगाडी आफ्नै शरिरमा आगो लगाएका आचार्यको मृत्यु

  न्यूज डेस्क
  ११ माघ २०७९

                            

काठमाडौं- मंगलबार संघीय संसद भवनअघि आफ्नै शरिरमा आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएको अवस्थामा कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा आचार्यको विहान मृत्यु भएको अस्पतालका डा. किरण नकर्मीले बताए ।

मंगलबार राति स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । त्यतिबेला आचार्य बोल्न सक्ने अवस्थामा थिए । तर उनको शरिरको ८० प्रतिशत भाग जलेकाले बचाउनन नसकिएको डाक्टरले बताएका छन् ।

इलाम घर भएका आचार्यले यो देशमा आफूले जति कोसिस गरेपनि केहि गर्न नसकेको भन्दै नयाँ वानेश्वरको सडकमा प्रज्वलनशील पदार्थ शरिरमा खन्याएर आगो लगाएका थिए ।

उनले लामो फेसबुकमा स्ट्याटस लेखेका थिए । आफूले किन आत्मदाह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा पोस्ट गरेर उनले संसद् भवन अगाडि गएर शरीरमा आगो झोसेका थिए ।

आत्मदाहको उनको प्रयास आफ्नो असफलताको कथाका रूपमा चित्रण गरेका छन्।

उनले लेखेका छन्, ‘‘मेरी नानुका, तिमिले सहयोग पाउने छौँ विचलित नहुनु। मलाइ माफ गरिदेऊ। मैले प्रगति गर्ने धेरै अस्त्र लाउँदा पनि सकिन। छोरीहरूको अभिभारा तिम्रो काँधमा छ। बुझ्ने भएपछि उनीहरूलाई सम्झाउनु, तिमिहरूको पापुले यो देशमा सफलता हासिल गर्न सक्नुभएन। जताततै हन्डर र ठक्कर खानुभयो। जताततै लुटिनुभयो। यो देश गरी खानेलाई होइन लुटी खानेलाई मात्र सहज रहेछ। तिमिहरूले पनि त्यै अवस्था भोग्नुनपरोस भनेर क्रान्ति मा होमिनुभयो, आफ्नो भोगाइ र पीडा सरकारले सुन्ने गरी आफ्नो ज्यान आहुती दिनुभयो। यही भन्देऊ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट