मधेश प्रदेशका दुई सांसदले लिए पद तथा गोपनीयताको सपथ

  डेटूडे खबर डेस्क
  ११ माघ २०७९

                            

जनकपुरधाम । मधेस प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय माला कर्ण र मो. रजि हैदरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रका सांसदद्वय कर्ण र हैदरलाई सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

दुवै जना समानुपातिक प्रणालीबाट सांसद भएका हुन् । मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले दुई सांसदको शपथ रोकिएको थियो ।

योसँगै मधेस प्रदेशसभामा माओवादी केन्द्रको सांसदको संख्या ९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट