स्वतन्त्र जितेका सांसद कलवार जसपामा प्रवेश

  डेटूडे खबर डेस्क
  २२ माघ २०७९

                            

जनकपुरधाम । बाराबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्  ।

बारा २ (१) बाट जितेका कलवारलाई मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन्।

उनी बारा क्षेत्र नं २ (१) बाट ९ हजार २९५ मत प्राप्त गरी एमालेका बलवीर भुजेललाई पराजित गर्दै विजय भएका थिए ।

यसअघि महोत्तरी २ (२) बाट चुनाव जितेका स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३(१) का प्रमोद कुमार जैसवालले जसपामा प्रवेश गरेका थिए । मधेस प्रदेशका अर्थ तथा योजनामन्त्री सञ्जयकुमार यादवलगायत नेताले उनलाई पार्टीमा स्वागत गरे ।  यो सँगै जसपाको मधेश प्रदेशमा १९ सांसद पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट