जसपाको विधान अधिवेशन आगामी चैतमा

  डेटूडे खबर डेस्क
  ०८ फाल्गुण २०७९

                            

काठमाडौँ । पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्नका लागि जसपाले आफ्नो कार्यकारिणी समितिको बैठक बसेको हो ।

उक्त बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले आफ्नो काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिए ।

यसैगरी यही फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि बैठकमा छलफल भइरहेको छ । जनता समाजवादी पार्टी नेपाल पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ ।

उक्त बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको बताइएको छ । बैठकमा गत प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानबिन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा पनि छलफल भएकोसमेत भएको छ ।

जसपाले नेकपा (एकीकृत समाजवादी) पार्टी लगायत अन्य  दलहरूसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट