जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत

  डेटूडे खबर डेस्क
  ०६ चैत्र २०७९

                            

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा)बाट दिएको राजीनामा स्वीकृत भएको छ ।

जसपाका कार्यकारिणी सदस्य रहेका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले उनको राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले आजै उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट