विपक्षीले अवरुद्ध गरेपछि १५ मिनेट संसद् बैठक स्थगित
डेटूडे खबर डेस्क
०७ जेठ २०८३
काठमाडौँ । विपक्षी दलहरुले अवरुद्ध पारेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्मा उपस्थित गराउन माग गर्दै विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्। बिहीवार हरेक महिनाको शुरुमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने भएकाले पनि संसद बैठकमा प्रधानमन्त्री अनिवार्य उपस्थित हुनका लागि दबाब दिँदै बैठक अवरुद्ध पारेका हुन्।
सरकारले विधि र नीति विपरीत काम गरेकाले आफूहरुले त्यसको विरोधमा बैठक अवरुद्ध गर्न बाध्य हुनुपरेको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताए।
