धनुषामा दुइवटा ट्रक एकआपसमा ठोक्किंदा तीन जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ११ चैत्र २०७९

                            

जनकपुरधाम  । धनुषामा दुइवटा ट्रक एकापसमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ  भने दुर्घटनामा अर्का एकजना गम्मीर घाईते भएका छन् । आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।

दूर्घनामा ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनरुवाका २७ वर्षीय सागर चौधरी सोही ट्रकका सहचालक सुनसरी भरौलाका ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक सहचालक मोरङ्गको बेलवारी–८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको छ । सोही ट्रकका चालक सर्लाहीको बाग्मती–११,का नारायण श्रेष्ठ गम्भीर घाइते रहेको ढल्केबार इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दूर्घटनामा सख्त घाइते भएका चारै जनालाई ढल्केवरस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारको क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको र घाइतेको उपचार सोही अस्पतालमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट