अबैध रुपमा ल्याउँदै गरेको कुखुरा बरामद

डेटूडे खबर डेस्क
२२ चैत्र २०७९
जनकपुरधाम । अबैध रुपमा ल्याउँदै गरेको लाखौ मूल्य बराबरको बोईलर कुखुरा प्रहरीले समाति नष्ट गरेको छ ।
मंगरलबार धनुषाको विदेह न.पा. ६ गर्दनिया चोक स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट स.प्र.स.नि. गंगा राम मण्डलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट अबैध रुपमा ज.६प. ६८९० नम्बरको मोटरसाइकलमा बोकि नेपाल भित्रयाउँदै गरेको रु.२५०००।- बराबरको १०० के.जी. कुखुरा र मोटर साइकल मूल्य रु.८०००० गरी जम्मा रु.१०५०००।- बराबरको बरामद गरेको छ ।
सीमा सुरक्षा गुल्म प्रमुख, जनप्रतिनिधि, पशु क्वारेन्टाइनका कर्मचारी, नेपाल प्रहरी, पत्रकार तथा स्थानीय बासिन्दाको रोहबरमा मंगलबार उक्त कुखुरालाई खाल्डो खनी नष्ट गरिएको छ भने मोटरसाइकललाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुर पठाएको जानकारी प्राप्त भएको छ ।