जसपाको विधान अधिवेशन जेठमा सर्यो

  डेटूडे खबर डेस्क
  २३ चैत्र २०७९

                            

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सरेको छ ।

पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । उनका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुनेछ ।

यसअघि यही चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो । तर, वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेकाले विधान अधिवेशन सारिएको थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट