चार डीआईजीको एआईजीमा बढुवा र पदस्थापन

  डेटूडे खबर डेस्क
  २४ चैत्र २०७९

                            

काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा सिफारिस भएका चार जनालाई सरकारले बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको बढुवा र पदस्थापनको निर्णय गरेको हो ।

एआईजीमा बढुवा हुनेमा सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ छन् । भण्डारीलाई मानव स्रोत, गिरीलाई प्रदेश समन्वय निर्देशनालय, चौधरीलाई कार्य विभाग र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन पनि गरिएको हो ।

यही १३ चैतमा गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले उनीहरुलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट