संसद भवन अगाडि फेरि एक युवकद्वारा पेट्रोल खन्याएर आत्मदाहकाे प्रयास

  डेटूडे खबर डेस्क
  २४ चैत्र २०७९

                            

काठमाडौँ। काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि फेरि एक जना युवकले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।

 शुक्रबार संसद भवनको एक नम्बर गेट अगाडि एक जना युवकले आत्मदाहको प्रयास गरेका हुन् ।
 तर, तत्काल उनलाई प्रहरीले बचाउन सफल भएको छ । आत्मदाहको प्रयास गर्ने युवकको परिचय खुलेको छैन । ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।

प्रहरीले पक्राउपश्चात गरेको प्रारम्भिक अनुसन्धानमा युवकले पारिवारिक कारण आत्म दाहको प्रयास गरेको देखिएको बताइएको छ। केही महिनाअघि संसद अवनअघि प्रेम आचार्यको आत्मदाहपछि उपचारका क्रममा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट