धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना, घाइते भएका पाइलटलाई काठमाण्डौ ल्याइँदै

  डेटूडे खबर डेस्क
  २६ चैत्र २०७९

                            

काठमाण्डाैँ । म्याग्दीको धौलागिरि बेस क्याम्पमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ ।

इटालियन बेस क्याम्पबाट उडेको हेलिकप्टर धौलागिरि बेस क्याम्पमा ‘फोर्स ल्यान्डिङ’ गर्दा सामान्य दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उज्यालोलाई जानकारी दिए ।

‘कार्गो हेलिकप्टर फोर्स ल्यान्डिङका क्रममा सामान्य दुर्घटनामा परेको हो, यसलाई दुर्घटना पनि भन्न मिल्दैन, घाइते भएका पाइलटलाई उद्धार गरेर काठमाण्डौ ल्याइँदै गरेको  छ,’ उनले भने । हेलिकप्टरमा जम्मा एकजना पाइलट मात्रै रहेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट