प्रिमियर कप खेल्ने मलेसियाको टोली घोषणा

  डेटूडे खबर डेस्क
  २८ चैत्र २०७९

                            

एजेन्सी । मलेसियाले अर्को सातादेखि नेपालमा हुने एसिसी प्रिमियर कपको लागि १४ सदस्य टोली घोषणा गरेको छ । अहमद फैजको कप्तानीमा मलेसयाले टोली घोषणा गरेको हो । एसिया कप वैशाख ५ देखी १८ ( अप्रिल १८ देखि मे १ ) सम्म टियु र मुलपानी मैदानमा हुनेछ ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहरान छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

मलेसियाले पहिलो खेल वैशाख ५ (अप्रिल १८) मा टियु मैदानमा घरेलु टोली नेपालसँग खेल्दै सुरुवात गर्नेछ । दोस्रो खेल मलेसियाले वैशाख ७ (अप्रिल २०) मा मुलपानीसँग साउदी अरेबियासँग खेल्नेछ । तेस्रो खेल वैशाख १० मा ओमान र वैशाख १२ मा कतारसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके सेमिफाइनलमा स्थान बनाउनेछ ।

मलेसिया टोली :

अहमद फैज (कप्ताद), विरनदीप सिंह (उपकप्तान), सैद अजिज, शर्विन मुनाआन्दडी, अमिर अजिम, फ्रिती साम, खिजर हायत, रिजवान, विजय उन्नी, अनवार रहमान, नाजरिल रहमान, मोहम्मद आजम, वाफिक इफरान र मोहम्मद स्याहदत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट