सिन्धुलीमा कार दुर्घटनाः चार जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २९ चैत्र २०७९

                            

सिन्धुली । विपी राजमार्गको खनियाखर्क नजिक कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । विपी राजमर्गको कमलामाई नगरपालिका ३ सिन्धुलीगढीको गेट नजिकै काठमाण्डौतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।

उनका अनुसार राती करिब साढे १२ बजेको समयमा गाडी दुर्घटना भएको खबर पाएसँगै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिलवालकै नेतृत्वमा उद्धारमा प्रहरी खटिएको थियो । तर कार सडकबाट भिरमा खसेकाले उद्धारमा कठिनाई भएको िथयाे ।

गाडीमा सवार रहेका पाँच जनामध्ये ४ जनाको मृत्यु भएको र १ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट