महोत्तरीमा आफ्नै ज्वाईलाई हत्याको प्रयास ! मुख्य कारण थियो के ?

  डेटूडे खबर डेस्क
  १९ वैशाख २०८०

                            

जनकपुरधाम । महोत्तरीमा आफ्नै ज्वाईलाई हत्या गर्न प्रयास भएको घटना बाहिरीएको छ ।

महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ४ का २८ वर्षिय सन्तोष झाको आफ्नै सासु, ससुरा, सालो र झाको पत्नीको संलग्नतामा हत्या गर्ने प्रयास भएको हो ।

सन्तोषका दिदि रुबी झाका अनुसार गत चैत्र २१ गते मंगलबार राती पति पत्नीमा केही विषयमा विवाद भएको थियो, पत्नी बुधबार विहान पती र सासु नभएको बेला माईती पक्षलाई घरमा बोलाएर रु. ५ लाख २५ हजार रुपिया तथा गर गहना लिएर माईती पक्ष भागेका थिए सासु घरमा पुगेपछि घरको अवस्था देखेपछि खोज तलास गर्दा घरमा पैसा गरगहना नरहेको सन्तोषकी दिदि रुबी झाले बताईन् ।

केहिबेर लगत्तै सन्तोषको ससुराली सोनमा गाउँपालिका वडा नं. १ बाट फोन आयो,सन्तोष ससुराली पुग्दा उनलाई ससुरा हिरण ठाकुर, सासु नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर त्यस्तै ससुरा पर्ने घनश्याम ठाकुरले सन्तोष झालाई मारेर लुकाउँने पूर्व योजनाको हिसाबले ठोस बस्तु प्रहार गरी खप्पड फुटाई घाँटी च्यापेर पुरै शरीर रक्तमय बनाएको बेला त्यहाँका स्थानीयले झाका घरमा फोन गर्दा उनका दाइ अजय झा घटनास्थलमा पुगेर उद्धार गरेर सन्तोषलाई प्रादेशिक अस्पताल जनकपुरधाममा लगेका थिए तर अस्पतालले झालाई रेफर गरेपछि जनकपुरधामकै न्यूरो हस्पिटलमा उनको उपचार गरिएको थियो ।

१५ दिनको उपचार पछि झा डिस्चार्ज भएका छन् तर उनका हाथ खुट्टा चल्दैन पिडितको दाई अजय झाले बताए ।

अजय झाले भने भाईलाई मारेर नै फालिदिएका थिए तर समयमा पुगेर भाईको जान बचाउँन सफल भएँ ।

यस्तो जघन्य अपराध किन भयो सोधेपछि अजय झाले भने "केहि दिन पहिला भाईले १८ लाखको सम्पत्ती १० धुर जग्गा पत्नीको नाममा गरेका छन् । पती पत्नीको सुरुदेखी नै विवाद चर्का चर्की हुँदै आइरहेको थियो तर मुख्य कारण जग्गा भयो सासु, ससुरा र सालोको पूर्व योजना अनुसार जग्गा अब छोरीको नाममा भयो ज्वाइलाई मारेर जग्गा आफ्नो नाममा गर्नुपर्छ उनीहरुको योजना रहेको" उनले भने ।

ससुरा हिरण ठाकुर र सासु नगिना ठाकुर प्रहरीको नियन्त्रणमा रहेका छन् । त्यस्तै घटनामा संलग्न सालो धर्मेन्द्र र ससुरा पर्ने घनश्याम फरार रहेको र उनको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट