तलब नपाएपछि विद्यालयमा पठनपाठन ठप्प गर्दै शिक्षकहरुको अनिश्चितकालीन धर्ना

  न्यूज डेस्क
  २६ वैशाख २०८०

                            

जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक-कर्मचारी आन्दोलित भएका छन् ।

आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक-कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए ।  शिक्षकहरुको आन्दोलनले पठनपाठन प्रभावित भएको छ ।

पटक-पटक तलबभत्ता माग गर्दा विद्यालय प्रशासले आलटाल गरिरहेको उनीहरुको गुनासो छ । लामो समयदेखि तलब नपाउँदा साधारण जीवनयापनमा समेत समस्या भएको उनीहरू बताउँछन् ।

 मागलाई बेवास्ता गर्दा  बाध्य भएर अनिश्चितकालीन धर्ना बस्नु परेको शिक्षक फुलगेन महतोले बताएका छन् ।

शिक्षक-कर्मचारीले वैशाख १२ गते विद्यालयका प्राधानाध्यापक प्रमोदशरण केवटलाई ज्ञापन बुझाउँदै यथाशीघ्र माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसहितको ज्ञापन पत्र बुझाएका थिए ।

प्राधानाध्यापक केवटले केही शिक्षको तलब ११ महिनादेखि नपाएको स्वीकार गरे ।उनीहरुको माग सम्बोधन गर्न जनप्रतिनिधि र आन्दोलित शिक्षकसँग छलफल भइरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट