मधेश प्रदेशमा बजेटको तयारी सुरु

डेटूडे खबर डेस्क
२७ वैशाख २०८०
जनकपुरधाम। मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष ०८०/०८१ को वजेटको तयारीमा जुटेको छ ।
असार १ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक वाध्यता रहेकोले त्यसको तयारीमा प्रदेश सरकार जुटेको हो । प्रदेशका अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त्रालयलाई बजेटको सिलिङ्ग तोकेर आगामी आ.व.को योजना तथा कार्यक्रम माग गरिसकेको छ । अर्थ मन्त्रालयका सचिव प्रेम प्रसाद भट्टाईले बजेटको मार्गदर्शन र बजेटको सिलिङ्गकोबारे सबै मन्त्रालय र प्रदेश सरकार मातहत रहेको बजेट खर्च संयन्त्रलाई जानकारी गराइसकेको बताए । उनले आगामी आर्थिक वर्षको लागि संघीय सरकारले २० प्रतिशत कटौती गरी बजेट सिलिङ्ग पठाएको बताउँदै उनले सोही अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बताए ।