पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

  न्यूज डेस्क
  २७ वैशाख २०८०

                            

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।

खाँणलाई प्रहरी परिसर टेकु लगिएको छ। उनी माथी सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ।

उनकै निवासबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले डिसी नेपाललाई बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्।

 

यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन्। उनीहरूले कुल २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट