हाथहतियार सहित लुटने प्रयास

न्यूज डेस्क
३१ वैशाख २०८०
महोत्तरी। राति जनकपूरबाट जयन्ती फर्कने क्रममा बिन्धी पेट्रोल पम्प र बनौली को बिचमा कोर्हिया भन्ने ठाउँमा बेहुला-बेहुली भएको वाहनलाई ४-५ जनाले हाथहथियार सहित लुटने मनसा बनाएर घेरेको थिए । वाहनमा मौजुद सबै जनालाई बन्दुक देखाएर बाहिर निकालेको र जे जति छ सबै देउ नत्र यहि मारिदिन्छु भनेको । त्यही वाहनमा एक मान्छे गोपनियता पूर्वक मोबाईल झिकेर अगाडी बढेको आफ्नो मान्छेलाई फोन गरी उनीहरु सँग भई रहेको घटनाको बारेमा जानकारी गराए। जानकारी पाए बापत उनीहरु लगभग ६ वटा जिप लिएर घटना स्थलमा पुगे। धेरै जनालाई देखेर डाँकाहरु आफ्नो मन्न बदलेर तिमीहरुलाई म केहि गर्दिन तिमीहरु यहाँ बाट जाउँ र यहाँ भएको कुरा कसैलाई न भन्नु भनि छोडेको। जयन्ती मठिहानी नगरपालिकाको बरदाहा बाट जनकपूर गएको थिए।
त्यही राती महोत्तरीको पिपरा गाउँपालिका वडा नं ७ बनौलीमा डकैती भएको छ।