परीक्षामा जफत गरिएको मोबाइल नष्ट गरेपछि विद्यार्थी भए आन्दोलित

  डेटूडे खबर डेस्क
  २५ जेठ २०८३

                            

सिरहा । एसईई परीक्षा अवधिमा विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोनहरू नष्ट गरिएको घटनाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले क्षतिपूर्तिको मागसहित साेमबार विरोध प्रदर्शन गरेका छन्।

मोबाइल नष्ट गर्ने निर्णयले आफूहरू आर्थिक तथा मानसिक रूपमा प्रभावित भएको भन्दै विद्यार्थीहरू न्यायको खोजीमा आज सडकमा उत्रिएका हुन्।

प्रदर्शनकारी विद्यार्थीहरूले परीक्षा केन्द्रबाट मोबाइल नियन्त्रणमा लिन सकिने भए पनि त्यसलाई नष्ट गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले आफ्नो व्यक्तिगत सम्पत्ति कानुनी प्रक्रिया र पर्याप्त जानकारीबिना नष्ट गरिएको दाबी गर्दै क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका हुन ।

विरोध कार्यक्रममा सहभागी विद्यार्थीहरूले मोबाइल नष्ट गर्ने निर्णयमा संलग्न अधिकारीहरूलाई जवाफदेही बनाउनुपर्ने, घटनाको निष्पक्ष छानबिन हुनुपर्ने तथा पीडित विद्यार्थीलाई उचित राहत र क्षतिपूर्ति दिनुपर्ने माग  समेत राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट