रेशम चौधरीको जन्मकैद सर्वोच्चबाट सदर

  डेटूडे खबर डेस्क
  ०२ जेठ २०८०

                            

काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैद भोगिरहेका रेशम चौधरीको मुद्दामा जिल्ला र उच्च अदालतको सजाय सदर गरेको छ।

सर्वोच्च अदालतको यो आदेशसँगै रेशम चौधरी जेलमुक्त नहुने भएका छन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी मारिएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन्।

जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए। त्यसमा आज फैसला सुनाउँदै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाइ दिन अस्वीकार गरेको हो।

उक्त घटनामा जेल सजाय भोगिरहेका गंगाराम चौधरी र सीताराम चौधरीले भने सफाइ पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट