मधेश सरकारबाट बाहिरियो माओवादी
डेटूडे खबर डेस्क
०९ जेठ २०८०
जनकपुरधाम। मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय भागबन्डामा आफूखुसी गरेपछि नेकपा माओवादी (केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
मुख्यमन्त्री यादवले गठबन्धनको सहमतिविपरीत कदम अघि बढाएको भन्दै मंगलबार माओवादीले सरकारबाट आफ्ना एक मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएको हो ।गठबन्धनमा आबद्ध दलले कति मन्त्रालय पाउने भन्ने विषयमा छलफल चलिरहँदा मुख्यमन्त्री यादवले मंगलबार कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनाउने तयारी गरेपछि माओवादी चिढिन पुगेको थियो ।
मुख्यमन्त्री यादवले कांग्रेस र एकीकृत समाजवादीका मन्त्रीलाई शपथ गराउने तयारी गरेपछि अहिले संयुक्त बैठक चलिरहेको छ ।