जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु
                  
                            
                             न्यूज डेस्क  
                            
                             
                              १२ जेठ २०८०  
  
                        
                            
काठमाण्डौं। डा चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ ।
कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ ।
यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ ।
                        
                     
                    
                  
                            