विश्वव्यापी आवधिक समीक्षा परामर्श गोष्ठी सम्पन्न

  डेटूडे खबर डेस्क
  १२ जेठ २०८०

                            

जनकपुरधाम ।  मधेस प्रदेशमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको मुद्दालाई मध्यनजर गर्दै विश्वव्यापी आवधिक समीक्षा परामर्श गोष्ठी सम्पन्न भएको छ।

बिहीबार जनकपुरधाममा सुनौलो बिहानी समाज धनुषाले राष्ट्रिय अपाङ्ग महासंघ र निल हिरा समाजको समन्वयमा विश्वव्यापी आवधिक समीक्षा परामर्श गोष्ठीको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागीहरूले स्थानीय तथा प्रदेश सरकारले नीति निर्माण तथा बजेट तर्जुमा गरि यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका मुद्दालाई सम्बोधन गर्नुका साथै संविधानमा उल्लेखित कानून कार्यन्वयन गर्नुपर्ने माग गरेका छन् ।

कार्यक्रममा बोल्दै निल हिरा समाजका कार्यक्रम संयोजक रूविना तामाङ्ले संविधानमा उल्लेखित हक अधिकारी व्यवहारमा भने लागू हुन नसकेप्रति दु:ख व्यक्त गरिन । उनले यसलाई तिनै तहका सरकारले कार्यान्वयन गर्न आवश्यक रहेको बताइन् । सेम सेक्स म्यारिज, नागरिकता लगायत सरकारले नीति तथा कार्यक्रममा समेत आफूहरूलाई सम्बोधन हुने गरि योजना बनाउन मागसमेत गरिन ।

कार्यक्रममा निल हिरा समाजका वकालत अधिकृत (एडभोकेसी अफिसर) एन्जल लामाले कानुनीरूपमा प्राप्त अधिकारको पनि कार्यान्वयन हुन नसकेको बताइन् ।

उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ धनुषाका परियोजना अधिकारी मधु गुप्ता, फोकल व्यक्ति संजय पासवान, सुनौलो बिहानी समाज धनुषाका कार्यक्रम अधिकृत सत्यनारायण साह, सुनौलो बिहानी समाजका संस्थापक प्रदीप यादवलगायतकाहरूको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट