मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १२ जेठ २०८०

                            

  सप्तरी। सप्तरीको छिन्नामस्ता गाउँपालिका ३ स्थित राजविराज सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ भने एजना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय जोगिन्द्र साहका १८ वर्षीय छोरा श्याम कुमार यादव र रघुवर खंगका ३० वर्षीय छोरा विकास कुमार खंग छन् दुर्घटनामा सोही ठाउका २३ वर्षीय अजय कुमार खंग गम्भीर घाईते भएका हुन् ।

राजविराजबाट सखडातर्फ गइरहेको प्र.२.०१.००२ प २५६० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । उक्त मोटरसाइकलमै तीनै जना सवार थिए ।

घाइते अजयको स्थानीय क्लिनिकमा उपचार भईरहेको छ । उनको टाउको, हाट र खुट्टामा चोट लागेको छ । मृतक दुबै जनाको शव राजविराज लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट