नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता

  डेटूडे खबर डेस्क
  १९ जेठ २०८०

                            

काठमाण्डाै – सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता भएको छ । गएको बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले गरेकाे नागरिकता विधेयक प्रमाणीकरण  विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । 

हिजो बिहीवार सर्वोच्चमा पेस भएको रिट आज शुक्रवार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ आइतवारका लागि तोकिएको छ । 

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट निवेदन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट