सांसद सोविता गौतमले गरिन् सुटुक्क विवाह

  डेटूडे खबर डेस्क
  १९ जेठ २०८०

                            

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले विवाह गरेकी छन् ।

 नाताले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाञ्जा गृहेन्द्र घिमिरेसँग गौतमले सुटुक्क विवाह गरेकी हुन् ।
 
गृहेन्द्रसँग लामो समय प्रेमसम्बन्धमा रहेकी सोविताले प्रेमलाई विवाह परिणत गरेकी हुन् । स्थायी घर चितवन घर भएका गृहेन्द्र र सोविताले सानो जमघटमा प्रणयसुत्रमा बाँधिएर दुवैजना जापान गएको बुझिएको छ ।

साथै, सोविताले पार्टीलाई पनि केही दिनका लागि जापान गएको जानकारी दिएकी छन् । सोविताको पारिवारिक स्रोतअनुसार गएको साता उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । 

२८ वर्षिया सोविताले गएको मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचन जितेकी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट