नागरिकता माग्दै धनुषामा विराेध प्रदर्शन

  डेटूडे खबर डेस्क
  २२ जेठ २०८०

                            

जनकपुरधाम । नागरिकताको माग गर्दै जनमत पार्टीको विद्यार्थी संगठन जनमत विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय धनुषाअगाडि प्रदर्शन गरेको छ ।

नागरिकता ऐन राष्ट्रपतिले प्रमाणीकरण गरिसकेको अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता अझै वितरण नगरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । यद्यपि उक्त ऐन हाल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले आदेश गरेको छ । 

प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालयअगाडि टायर बालेर नाराबाजी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट