प्रधानमन्त्री प्रचण्ड : मान्छेले मलाई मुर्रा राँगो चढाएर हिँडाए

डेटूडे खबर डेस्क
२२ जेठ २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट मुर्रा राँगो ल्याउने विषय सात वर्ष अगाडि नै निर्णय भएको बताएका छन्। सोमबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारतबाट १५ वटा मुर्रा राँगो ल्याउने विषय सात वर्ष अगाडि नै भएको बताएका हुन्।
‘राँगोको कुरा अहिले भएको होइन। सात वर्ष अगाडि नै मुर्रा राँगो ल्याउनेबारे समझदारी भएको रहेछ। मान्छेले मलाई राँगो चढाएर हिँडाएका छन्,’ उनले भने।
भारतले नेपाललाई १५ वटा मुर्रा राँगो उपलब्ध गराउने भएको छ।