सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

  डेटूडे खबर डेस्क
  २३ जेठ २०८०

                            

काठमाण्डाैँ । सुनचाँदीको भाउ आज मङ्गलवार बढेको छ । आज सुनको भाउ तोलामा नाै सय रुपैयाँले बढेको हो । हिजो साेमवार तोलामा एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा पाँच रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट