जलेश्वरमा जनचेतना र्याली

  डेटूडे खबर डेस्क
  ११ आषाढ़ २०८०

                            


जलेश्वर । महोत्तरीको जलेश्वरमा लागुऔषध विरुद्ध जनचेतना र्यालीको आयोजना गरिएको छ । नयाँ मुस्कान सुधार केन्द्र जलेश्वरका प्रमुख अमन कुमार झाको नेतृत्वमा भएको सो र्याली जलेश्वरस्थित केन्द्रको भवनबाट शुरु भइ नगरको विभिन्न भागको परिक्रमा गर्दै सम्पन्न भएको छ,।

 

र्यालीमा शिशु ज्ञान विद्यालयका विद्यार्थीहरु,शिक्षक अभिभावक तथा दुव्र्यसनमुक्त भई रिकभरीमारहेका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


समाजमा दिन प्रति दिन लागुऔषध दुव्र्यसनीको संख्या बढ्दै गएको अवस्थामा यस सम्बन्धी जचेतना फैलाउने मुख्य उद्देश्यले र्यालीको आयोजना गरिएको प्रमुख झाले बताए । प्रत्येक वर्ष दिवसको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट