मधेश प्रदेश : संशोधन सम्बन्धि विधेयक २०८० संसदबाट पारित

  न्यूज डेस्क
  २५ आषाढ़ २०८०

                            

जनकपुरधाम। मधेश प्रदेश सरकारले केही ऐनलाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनाएको विधेयक प्रदेशसभाबाट पारित भएको छ ।

आइतबार ‘मधेश प्रदेशका केही ऐनलाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ संसदबाट सर्व सहमतले पारित भएको छ ।

प्रदेशको नामकरण भइसकेको छ । तर, अव बन्ने ऐनमा मधेश प्रदेश राख्न बाञ्छनीय भएको हुनाले सरकारले यो ऐन बनाएको छ । विधेयक सर्वसहमतिले पास भएपछि सभामुख रामचन्द्र मण्डलले उक्त विधेयकको दफा २ र ३ विधेयकको अंग बनोस् भन्ने निर्णयाथ प्रस्तुत गरेका थिए ।

यी दफा पनि सर्वसहमतिले पारित भएर विधेयक ऐनको अंग बनेको सभामुख मण्डलले घोषणा गरेका थिए ।

यो ऐन महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले गत जेठ १० गते प्रदेशसभामा दर्ता गराएको थियो ।

दर्ता गराएको एक सातापछि उक्त विधेयकमाथि सामान्य छलफल सुरु भएको थियो । पारित भएको विधेयकको आधारमा विगतको सरकारले बनाएको सबै ऐनमा प्रदेशको नाम संशोधन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट