बन्द भयाे सन्दीप क्षेत्रीकाे ‘ह्वाट द फ्लप’ शाे

  डेटूडे खबर डेस्क
  ०४ श्रावण २०८०

                            

काठमाडाैँ ।   कान्तिपुर टेलिभिजनले सन्दीप क्षेत्रीले होस्ट गर्दै आएकाे ‘ह्वाट द फ्लप’ शाे बन्द गरेको छ ।

बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाहसँग जेल अनुभवबारे शाे गरेपछि साे कार्यक्रम विवादमा तानिएकाे थियाे । शाहसँगकाे शाे युट्युब च्यानलबाट हटाइएकाे एक सातापछि  कान्तिपुर टेलिभिजनले यो कार्यक्रमको उत्पादन र प्रसारण नै रोकेको हो ।

शाह नाबालिग बलात्कार प्रकरणमा मुछिएका र पीडितले बयान फेरेका कारण सफाइ पाएका कलाकार हुन् । बलात्कारजस्तो गम्भीर अपराधका आरोपितलाई शोमा ल्याएर पीडितलाई थप पीडा पुग्नेगरी उनको थुना यात्रालाई हाँस्य विषय बनाएपछि क्षेत्रीको चर्को आलोचना भएको थियो । सामाजिक सञ्जालमा शो बन्द गर्न दबाब आएपछि कान्तिपुर टीभीले बन्द गर्ने निर्णय लिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट