करेन्ट लागेर १ जनाकाे मृत्यु

  डेटूडे खबर डेस्क
  ०९ श्रावण २०८०

                            

सप्तरी । सप्तरीमा माेटरबाट खेतमा पानी हालिरहेका एक किसानको करेन्ट लागेर मृत्यु  भएकाे छ ।

सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षीय उमेश मण्डलको गए राति करेन्ट लागेर मृत्यु  भएकाे प्रहरीले जनाएको छ ।

मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेका मण्डललाई उपचारका लागि राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट