नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त

  डेटूडे खबर डेस्क
  ०९ श्रावण २०८०

                            

काठमाडाैँ ।  नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई आज बर्खास्त गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले  जानकारी दिए।

उनका अनुसार प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी आजका मितिदेखि बर्खास्त गर्ने निर्णय गरिएको हो । इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा केसीले सुन व्यापारी किसन विकसँग ‘घुस’ लिएको घटनामा केसी निलम्बनमा परेका थियो । प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न असार दोस्रो साता गृह मन्त्रालयमा सिफारिस गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट