एमालेले बोलायो संसदीय दलको बैठक

डेटूडे खबर डेस्क
१० श्रावण २०८०
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ ।
एमाले सांसद ठाकुर गैरेले संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । बैठक मध्यह्न १२ बजे बस्नेछ ।
आजै दिउँसो १ बजे संसद् बैठक बस्दै छ । संसद्मा १०० किलो सुन प्रकरणबारे कुरा उठाउने एमालेको तयारी छ ।