रोनाल्डोको पेनाल्टीसँगै अल नासर फाइनलमा

  डेटूडे खबर डेस्क
  २५ श्रावण २०८०

                            

एजेन्सी । कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलको सहयोगमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको सेमिफाइनलमा इराकको अल शोर्तालाई १-० ले हराउँदै अल नासर उपाधि भिडन्तमा स्थान बनाउन सफल रहयो । रोनाल्डोले लगातार चौथो खेलमा गोल गर्दै क्लबलाई फाइनलसम्म डोर्याए ।

उनले खेलको ७५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए । पेनाल्टी क्षेत्रभित्र सेनेगलका स्टार साडियो मानेलाई लडाएपछि अल नासरले पेनाल्टी पाएको थियो ।

बुधबार नै भएको दोस्रो सेमिफाइनलमा अल हिलालले अल शबाबलाई हरायो । अल नासरसँग फाइनल भिडन्त पक्का गर्ने क्रममा अल हिलालले ३-१ को जित दर्ता गरेको हो ।

अल हिलालका लागि मोहमद कानोले नवौं मिनेटमा सुरुवाती गोल गर्दा इन्ज्युरी समयमा माल्कमले दोस्रो गोल गरे । गुस्टाभो क्वेलारले ५६ औं मिनेटमा गोल फर्काएपनि अल हमदानले अन्तिम मिनेटमा गोल थप्दै ३-१ को जित पक्का गरे ।

अरब कपको उपाधिका लागि साउदीका दुई शीर्ष टोलीले शनिबार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा दुई पटकको च्याम्पियन अल हिलालले २८ वर्षयता उपाधि जितेको छैन भने अल नासर पहिलो जितको खोजीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट