सर्लाहीमा सर्पले डसेर एक वृद्धाकाे मृत्यु

डेटूडे खबर डेस्क
३२ श्रावण २०८०
सर्लाही । सर्लाहीकाे लालबन्दी नगरपालिका-१० मा सर्पले डसेर एक वृद्धाकाे मृत्यु भएकाे छ ।
गएराति सर्पले डसेर ७४ वर्षीया इन्द्रमाया श्रेष्ठकाे मृत्यु भएकाे हाे।
सर्पले डसेर बेहाेस भएपछि लालबन्दीमा रहेकाे नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्याएकी श्रेष्ठलाई चिकित्सकले मृत घाेषित गरेका हुन् ।