बाबर र रिजवानको अर्धशतकमा अफगानिस्तानलाई प्रतिस्पर्धात्मक लक्ष्य

  डेटूडे खबर डेस्क
  ०९ भदौ २०८०

                            

एजेन्सी – कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानको अर्धशतकमा पाकिस्तानले तेस्रो तथा अन्तिम ओडिआई खेलमा अफगानिस्तानलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ७९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । कप्तान बाबरले ८६ बलमा ४ चौका र १ छक्कासहित ६० रन बनाए ।

तेस्रो विकेटका लागि बाबर र रिजवानले १ सय १० रनको शतकीय साभेदारी गरेका थिए । ओपनर फखार जमान २७ र इमाम उल हक १३ रनमा आउट भएका थिए । बाबर र रिजवानपछिका ब्याटरले भने राम्रो गर्न सकेनन् ।

मोहम्मद नवाज २५ बलमा २ चौका र १ छक्कासहित ३० रनमा आउट भए । अघा सलमान ३१ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा नट आउट रहे । साउद सकिल ९, सादब खान ३, फहिम अशरफ २ रनमा आउट भए ।

अफगानिस्तानका फरिद अहमद र गुलबदीन नाइबले समान दुई विकेट लिए । राशिद खान, मुजिब उर रहमान र फजलहक फारुकीले समान एक विकेट लिए । तीन खेलको सिरिज पाकिस्तानले एक खेल अगावै जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट