एमाले सचिवालय बैठक सरे
 
                  
                            
                             न्यूज डेस्क  
                            
                             
                              ०९ भदौ २०८०  
  
                        
                            लहान । नेकपा (एमाले)को शनिबारदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ ।
धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिएका छन् । 
उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार नै विराटनगर आएको थियो । “बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोलाबाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो”, मण्डलले भने । 
एमालेले शनिबारदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो । सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                           _1761906109.jpg) 
                            
                           