रिजवान र नेपाली खेलाडी बिच कुराकानी तथा भेटवार्ता

  न्यूज डेस्क
  ११ भदौ २०८०

                            

काठमाडौं । पाकिस्तान तथा वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट विकेटकिपर मोहम्मद रिजवानले नेपाली क्रिकेट टोलीका खेलाडीलाई भेटेका छन् । एसिया कपमा नेपालसँग खेल्नुअघि पाकिस्तानी स्टार ब्याटर रिजवानले नेपाली खेलाडीलाई भेटेका हुन्।

रिजवानले भेटेर नेपाली खेलाडीसँग कुराकानी गरेका थिए । सोमपालसँगको कुराकानीमा उनले तिमीहरु योग्य भएको बताएका छन् । उनले नेपाली टोलीलाई शुभकामना दिँदै कुनै कुराको आवश्यकता परे आफूहरुसँग आउन बताएका छन् ।

सात महिनाअघि बलात्कार आरोपपछि नेपाली टोलीमा फर्किएका स्पिनर सन्दीप लामिछानेलाई भेट्न मोहम्मद रिजवान काठमाडौं नै आएका थिए । सन्दीपलाई हौसला प्रदान गर्न रिजवान नेपाल आएको बताइएको थियो । बलात्कार अरोपको कारण सन्दीप ९९ दिन हिरासतमा बस्नुपरेको थियो ।

रिजवान वर्तमान समयका टि२० क्रिकेटका प्रमुख ब्याटर हुन् । रिजवान र बाबर आजमको जोडीले विश्व क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दुई वर्षअघि टि२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराउँदा रिजवानले ७९ रनको यादगार प्रदर्शन गरेका थिए।

रिजवान क्लास, जिम्मेवारी र ठूलो इनिङका लागि चर्चित ब्याटरमा पर्दछन् । रिजवानको विकेट लिन विश्वका जुनसुकै बलरलाई कठिन पर्दै आएको छ ।

एसिया कप भदौ १३ देखी ३१ गते (३० अगष्ट देखी १७ सेप्टेम्बर) सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले दुई दिनपछि भदौ १३ मा पाकिस्तानको मुल्तानमा खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३: ४५ मा मुल्तान क्रिकेट रंगशालामा हुनेछ ।

उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ । नेपाल र भारतबीचको खेल भदौ १८ (सेप्टेम्बर ४) मा श्रीलंकाको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३: ४५ मा पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट