घरेलु टोली श्रीलंकाको विजयी सुरुवात

  डेटूडे खबर डेस्क
  १५ भदौ २०८०

                            

एजेन्सी । तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली श्रीलंकाले एसिया कपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका चरिथ असलंका ९२ बलमा ५ चौका र १ छक्कासहित ६२ रनमा नटआउट रहे । श्रीलंकाको सुरुवात भने राम्रो हुन सकेको थिएन । ओपनर पाथुम निसंका १४, दिमुथ करुणारत्ने १ र कुशल मेन्डिस ५ रनमा आउट भएका थिए ।

चौथो विकेटका लागि चरिथ र सदिरा समराविक्रमाले ७८ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । सदिरा ७७ बलमा ६ चौका ५४ रनमा आउट भए । दासुन शानका २१ बलमा १ चौकासहित १४ रनमा नटआउट रहे ।

बंगलादेशका कप्तान सकिब अल हसनले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए । तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले एक एक विकेट लिए ।

त्यसअघि पालेकाले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ४२.४ ओभरमा १ सय ६४ रनमा अल आउट भएको थियो । बंगलादेशका नाज्मुल हसन शान्टोले १ सय २२ बलमा ७ चौकासहित सर्वाधिक ८९ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन । अन्तिम ६ विकेट ३७ रनमा गुमाउनु बंगलादेशको लागि भारी पर्यो ।

सान्टो स्पिनर महेश थिक्सेनाको बलमा एलबीडब्लू आउट भएपछि शतक बनाउन चुकेका थिए । एक समय बंगलादेश १२७(४ को अवस्थामा रहेपनि अन्तिम ६ विकेट मात्रै ३७ रनमा गुमाउन पुगेको थियो ।

ओपनर मोहम्मद नइम १६, तान्जिद हसन डक, कप्तान सकिब अल हसन ५, तोवहिद ह्दोय २०, मुश्फिकर रहिम १३, मेहेदी हसन मिराज ५, मेहेदी हसन ६ र मुश्ताफिजुर रहमान डक आउट भए ।

श्रीलंकाका तीव्र गतिका बलर मथिसा पाथिरानाले ७.४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । महेश थिक्सेना ८ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । धनन्जय डि सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले एक एक विकेट लिए । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् ।

पहिलो खेलमा पाकिस्तानले नेपाललाई२ सय ३८ रनले हराएको थियो । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । शीर्ष दुई टोली हरेक समूहबाट सुपर फोरमा पुग्नेछन् । अव शनिबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट