डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो

  डेटूडे खबर डेस्क
  १६ भदौ २०८०

                            

काठमाण्डौँ । नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ ।

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । 

महाशाखाले भदौ र असोजमा डेङ्गी सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो ।

सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले पानी परिरहेकाले डेङ्गी सङ्क्रमण दैनिकरूपमा बढेको बताए। 

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो ।

सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको ज्यान गएकाे थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट