सामाजिक सद्भाव कायम राख्ने पर्वका रुपमा तीज मनाऔँ : मन्त्री देवी

डेटूडे खबर डेस्क
२३ भदौ २०८०
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले यस वर्षको तीजलाई सामाजिक सद्भाव कायम राख्ने गरी तीज पर्व मनाउन आग्रह गरेकी छिन्।
शनिवार काठमाडौँमा आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री देवीले देश र जनताका लागि योगदान दिने नारीलाई सम्मान गर्ने कार्यलाई असल कार्यको संज्ञा दिँदै त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताइन्।
मन्त्री देवीले तीजले माईती र चेलीबीचको सम्बन्धलाई अझै आत्मीय बनाउने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको बताइन्। कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याएका नौ जना नारीहरुलाई सम्मान गरिएको थियो।