आठ लाख नगद र लागुऔषधसहित ५ जना पक्राउ
डेटूडे खबर डेस्क
२१ असोज २०८०
हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको मनहरी गाउँपालिकाबाट लागुऔषध र नगदसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरेर मनहरी गाउँपालिका-६ नयाँ बस्तीबाट ६०२ बोतल लागुऔषध कोडिन, २० ग्राम चरेश र आठ लाख नगदसहित पाँचजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका-८ का ३१ वर्षीय विकास भन्ने कुमार मोक्तान, ३५ वर्षीय रामबहादुर स्याङ्बो, मनहरी-४ रमनटारका ३० वर्षीय रामचन्द्र गोले र २० वर्षीय दालबहादुर मोक्तान तथा पर्साको ठोरी गाउँपालिका-८ का ३२ वर्षीय जितबहादुर चापागाईंलाई रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
नयाँ बस्तीस्थित भित्री कच्ची बाटोमा प्रदेश ३-०३-००१ प ४५४१ नम्बरको मोटरसाइकल त्यसका चालक र पैदल भारी बोकी आएका अन्य चार जना व्यक्तिहरूलाई शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट ६ सय दुई बोतल कोडिन फस्फेट, २० ग्राम चरेस र नगद आठ लाख नगद बरामद भएको हो ।
पक्राउ पर्नेमध्ये विकास भन्ने कुमार मोक्तान मोटरसाइकल चालक रहेको र उनीमाथि २०७६ फाल्गुन १६ गते ईलाका प्रहरी कार्यालय मनहरीबाट लागुऔषध ओनरेक्स ७३ बोतल सहित पक्राउ परेर मुद्दा चलेको समेत खुलेको छ ।