इजरायलबाट नेपाल फर्कन चाहनेहरूको विवरण संकलन गर्दै परराष्ट्र मन्त्रालय
डेटूडे खबर डेस्क
२३ असोज २०८०
काठमाडौँ । इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरूको उद्धारको लागि परराष्ट्र मन्त्रालयले पहल सुरु गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाईमार्ग मार्फत आवत-जावत सुचारू भइरहेकाले नेपालीहरुको शव नेपाल र घर फर्किन इच्छुकहरुलाई पनि फर्काउने प्रक्रिया सुरु गरेको जानकारी दिएको हो ।
विज्ञप्तिमा लेखिएको छ, ‘ मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ ।’
इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिष्ट्रेशनको तयारी भइरहेको विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।’
२०८० असोज २० गते शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको थियो ।